Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय

सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय

  • मंगलवार, आषाढ १४ २०७९

  • 664
    SHARES

  • सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको सोमबार राति बसेको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    मन्त्रीहरु फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरु पठाउने जिम्मा पनि अध्यक्ष यादवलाई नै दिइएको छ ।

    जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन् ।

    अध्यक्ष यादव पक्षले गरेको निर्णयबारे भने सो पार्टीको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराइ पक्ष बेखबर रहेको छ ।


    मंगलवार, आषाढ १४ २०७९०९:४४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij