Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

माधवले एमाले विभाजन गर्दा साथ नदिएकोमा मलाई कुनै पछुतो छैन : योगेश भट्टराई

माधवले एमाले विभाजन गर्दा साथ नदिएकोमा मलाई कुनै पछुतो छैन : योगेश भट्टराई

  • सोमवार, आषाढ १३ २०७९

  • 526
    SHARES

  • माधवले एमाले विभाजन गर्दा साथ नदिएकोमा मलाई कुनै पछुतो छैन : योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपालले एमाले विभाजन गर्दा साथ नदिएकोमा आफूलाई कुनै पछुतो नभएको बताउनुभएको छ ।

    माधव नेपालसँगको सम्बन्धका विषयमा आज बिहान सामाजिक सञ्जाल फेसबुकमा ११ बुँदा लेख्दै भट्टराईले एमाले विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने आफ्नो बुझाइ रहेकाले नेपाललाई साथ नदिएको बताउनुभयो ।

    नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भनेको र आफूले नमानेको भट्टराईले बताउनुभएको हो । उहाँले आफू अखिलको अध्यक्ष हुँदा नेपालकै कारण राजीनामा दिनुपरेको पनि स्मरण गर्नुभएको छ ।

    आफूले माधव नेपाललाई चिनेदेखि आफूहरूको सम्बन्धमा उतारचढाव रहेका र यो जारी रहने उहाँको भनाइ छ ।

    भट्टराईले एमाले विभाजनपछि नेपालले आफूहरूमाथि पटक पटक भद्दा र अशिस्ट टिप्पणी गरेपनि उनको सम्मानका लागि केही नबोलेको बताउनुभएको छ । तर, केही दिन पहिले नेपालले फेरि तल्लोस्तरमा झरेर बोलेपछि आफूले सोमबार जीवनपयोगी जवाफ फर्काएको भट्टराईले बताउनुभयो । तर, यसबाट एकीकृत समाजवादीका युवाहरूको चित्त दुखेको भट्टराईको टिप्पणी रहेको छ ।

    भट्टराईले हिजो र एक कार्यक्रममा नेपालले अब राजनीतिबाट सन्यास लिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । जसको एकीकृत समाजवादीका युवा–विद्यार्थीले आलोचना गरिरहेका छन् ।


    सोमवार, आषाढ १३ २०७९११:१३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij