Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको प्रथम केन्द्रीय परिषद् बैठक आज बस्दै

नेकपा एसको प्रथम केन्द्रीय परिषद् बैठक आज बस्दै

  • सोमवार, आषाढ १३ २०७९

  • 406
    SHARES

  • नेकपा एसको प्रथम केन्द्रीय परिषद् बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को प्रथम केन्द्रीय परिषद् बैठक आज सोमबार बस्दैछ। बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्नेछ।

    बैठकमा समाजवादीका देशभर भएका सांगठनिक गतिविधि, स्थानीय तह चुनावको समीक्षा, आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए।

    त्यसैगरी, पार्टीका महासचिव डा बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ। मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन एमालेबाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिस्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख छ।

    देशभरबाट करिब एक हजार ५०० सहभागी हुने परिषद् बैठकको अध्यक्ष माधवकुमार नेपालले उद्‌घाटन गर्नेछन्।


    सोमवार, आषाढ १३ २०७९०६:४२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij