Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बल्ल दिए मन्त्रीले राजीनामा, खुसी थिएन अनुहार

बल्ल दिए मन्त्रीले राजीनामा, खुसी थिएन अनुहार

  • आइतवार, आषाढ १२ २०७९

  • 536
    SHARES

  • बल्ल दिए मन्त्रीले राजीनामा, खुसी थिएन अनुहार

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका हुन् ।

    एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुभएको छ । राष्ट्रपति कार्यालयले आज साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ ।

    यसैबीच, नेकपा एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरुलाई फिर्ता बोलाएको आज २३ दिनपछि मन्त्रीहरुले राजीनामा बुझाउन शुरु गरेका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगर र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा बुझाएका छन् । राजीनामा दिनुपूर्व मन्त्री आलेले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो । उहाँले आफू एक्सनमा काम गर्ने राजनीतिक कार्यकर्ता भएकोले आफ्नो कार्यकालमा ९० प्रतिशत काम सम्पन्न गरेको दाबी गर्नुभयो ।

    आले र मन्त्री झाँक्रीको राजीनामा आइसकेपछि बाँकी मन्त्री विरोध खतिवडा र कृष्णबहादुर श्रेष्ठले पनि राजीनामा बुझाउनु हुने भएको छ । मन्त्री झाँक्रीले पत्रकार सम्मेलन गर्दै पार्टीको निर्णयलाई पालना गरी राजीनामा दिएको बताउनुभयो ।

    मन्त्री झाँक्री मन्त्रालयमा राखिएको बिदाई कार्यक्रममा बेला-बेला भावुक बन्नुभएको थियो । उहाँले पार्टीले आफूहरुलाई गरेको व्यवहारको बारे भने आजपनि दुखेसो पोख्नुभएको थियो ।

    बहालवाला मन्त्रीहरुले राजीनामा दिएपछि नयाँ मन्त्रीहरुको सपथका लागि ढोका खुलेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार सोमबार ११ बजे पछि सपथ गराउने कार्यक्रम रहको छ ।


    आइतवार, आषाढ १२ २०७९०७:५७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij