Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कानुनमन्त्री शर्माको दाबी : न्यायालयमा विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाटै सुरु हुन्छ 

कानुनमन्त्री शर्माको दाबी : न्यायालयमा विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाटै सुरु हुन्छ 

  • आइतवार, आषाढ १२ २०७९

  • 426
    SHARES

  • कानुनमन्त्री शर्माको दाबी : न्यायालयमा विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाटै सुरु हुन्छ 
    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले न्यायालयमा विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाट भइरहेको दाबी गर्नुभएको छ।
     
    आइतबार(आज) राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता, निष्पक्षता, नियुक्ति गरिएको व्यक्तिले गर्दै आएको कार्यसम्पादनलाई नहेरी आफ्नो मान्छे नियुक्ति गर्नाले न्यायपालिकामा समस्या भइरहेको बताउनुभएको हो ।
     
    मन्त्री शर्माले न्यायपरिषद्ले अहिले न्यायाधीश नियुक्ति सम्बन्धी निर्देशिका तयार गरेको र निर्देशिकाको मस्यौदामा छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले यो हप्ता नै निर्देशिकाको अन्तिम रूप दिई राजपत्रमा प्रकाशन गर्ने र त्यसको आधारमा नै निष्पक्ष प्रक्रियाबाट न्यायाधीशहरूको नियुक्ति गर्ने बताउनुभयो। 
     
    उहाँले सशस्त्र द्वन्द्वको क्रममा भएका बेपत्ता, हत्या लगायतका तमाम मानव अधिकार उल्लंघनका घटनाहरूलाई सम्बोधन गर्ने कुरामा मन्त्रालय योजना बनाएर नै अघि बढिसकेको बताउनुभयो। उहाँले यससम्बन्धी प्रक्रियालाई टुङ्ग्याउन ७ वटै प्रदेशमा छलफल भइसकेको र अब केन्द्रीय रुपमा काठमाडौंमा छलफल गरेपछि कानुन संशोधनको प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो।
     
    मन्त्री शर्माले सशस्त्र द्वन्द्वको क्रममा भएका बेपत्ता, हत्या लगायतका तमाम मानव अधिकार उल्लंघनका घटनाहरूलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। 


    आइतवार, आषाढ १२ २०७९०१:४४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij