Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मलाई कमजोर ठानेर बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको छ : माधव नेपाल

मलाई कमजोर ठानेर बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको छ : माधव नेपाल

  • आइतवार, आषाढ १२ २०७९

  • 453
    SHARES

  • मलाई कमजोर ठानेर बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको छ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा पनि कायमै रहने बताउनुभएको छ । अखिल नेपाल महिला संघ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

    एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नेपालले आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको बताउनुभयो ।

    अहिले पनि एमाले पराजित हुनुको दोष आफूलाई दिने गरिएको भन्दै अध्यक्ष नेपालले नेतृत्व नसुध्रिए एमालेको पतन निश्चित रहेको बताउनुभयो ।

    गठबन्धनको आवश्यकता कायमै रहेको भन्दै नेपालले कम्तिमा संघीय निर्वाचनसम्म सहकार्य कायमै रहने बताउनुभयो ।


    आइतवार, आषाढ १२ २०७९११:२३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij