काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका नेता वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध भएको अविश्वास प्रस्ताव र ओलीले गरेको संसद विघटनका कारण पार्टी विभाजित भएको बताउनुभएको छ ।
आज नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता गौतमले तत्कालीन नेकपाको सचिवालय सदस्यहरुले चाहेको खण्डमा त्यतिबेला नेकपा विभाजित नहुने बताउनुभयो ।
गौतमले भन्नुभयो, ‘यो काम सचिवालयभित्रबाट पार्टी विभाजनअघि नै गर्नुपथ्र्यो, सबैले सक्नुहुन्थ्यो तर गर्नु भएन । मैले पनि गर्न सकिनँ। मैले पार्टी विभाजन हुन्छ भने कल्पनै गरिनँ।’
आफूले प्रयास गरेको भए पार्टी विभाजन नहुने भन्दै उहाँले आत्मालोचना गर्नुभयो ।