Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

  • शुक्रवार, आषाढ १९ २०७७

  • 1.2K
    SHARES

  • सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

    काठमाडौँ । सुनको मुल्य आज (शुक्रबार) घटेको छ । हिजोको तुलनामा सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि प्रतितोला ९० हजार ५ सय कायम गरेको जनाएको छ ।

    यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेको छ । आजका लागि तेजाबी सुनको भाउ तोलाको ९० हजार ६५ तोकिएको छ । हिजो तोलाको ९० हजार ५ सय ६५ रुपैयाँ तोकिएको थियो ।

    यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको ९५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ९४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


    शुक्रवार, आषाढ १९ २०७७०२:२४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij