काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बैठक बसेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
आजको बैठकमा मन्त्री हेरफेरमा भएको ढिलाइबारे छलफल हुने बताइएको छ । एकिकृत समाजवादीका मन्त्री फिर्ता हुन आनाकानी गरिरहेका छन् ।
गएको जेठ २२ गते बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको थियो । तर, निर्णय कार्यान्वयन नभएको भन्दै केही नेता असन्तुष्ट छन् ।
यस्तै, पार्टीका अरू बैठकको तयारीका विषयमा पनि छलफल हुने बताइएको छ ।