Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

१० करोड घुस अडियो प्रकरण : न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक

१० करोड घुस अडियो प्रकरण : न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक

  • बुधवार, आषाढ ८ २०७९

  • 572
    SHARES

  • १० करोड घुस अडियो प्रकरण : न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक

    काठमाडौं । घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अब ४५ दिन काम गर्न नपाउने भएका छन् । आजैका मितिदेखि उनले काम गर्न नपाउने भएका हुन् ।

    बुधबार(आज) बसेको न्याय परिषद्को बैठकले तत्कालका लागि उनलाई ‘काम गर्नबाट वञ्चित गर्ने’ निर्णय गरेको हो ।

    बैठकबाट न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको भनिएको अडियो संवादका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

    छानबिन समितिका सदस्यहरूमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा छन् । समितिलाई न्याय परिषद्समक्ष ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको एक सदस्यले जानकारी दिए ।

    अडियो सार्वजनिकसँगै परिषद्को आकस्मिक बैठक बसेको हो । उक्त अडियोमा कोइराला र पोखेरलबीच जेलमा रहेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाइ गरिएको सुनिन्छ ।


    बुधवार, आषाढ ८ २०७९०५:०७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij