Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हातपात प्रकरण : राज्यमन्त्री वली छानबिनको दायरामा

हातपात प्रकरण : राज्यमन्त्री वली छानबिनको दायरामा

  • बुधवार, आषाढ ८ २०७९

  • 703
    SHARES

  • हातपात प्रकरण : राज्यमन्त्री वली छानबिनको दायरामा

    काठमाडौं । लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटनामाथि छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ पुगेको छ ।

    राज्यमन्त्री वलीले गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच वर्षकी छोरीलाई हातपात गरेकी थिइन् ।

    छानबिन समितिको संयोजकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, बालवालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीलगायत रहेका छन् ।

    टोलीले घटनाबारे छानविन गर्न बुधबार प्रहरी र पीडित परिवारका सदस्यसँग कुराकानी गर्नेछन् ।

    राज्यमन्त्री वलीले भने वाईसिएल नेता एकराज बस्नेतसँग आफ्नो लेनदेन कारोबार रहेकाले यसै विषयमा कुराकानी गर्न उनको घरमा पुगेको बताएकी छन् । वाईसीएलका नेता एकराजले ३५ लाख रकम अहिलेसम्म फिर्ता नगरेकाले खोज्दै गएको र घरमा उनकी श्रीमतीसंग हातहालाहालको अवस्था सिर्जना भएको बताइन् ।

    एकराजकी श्रीमती मिना बस्नेतले भने आफूमाथि हातपात गरेको भनी आरोप लगाउँदै राज्यमन्त्री वलीविरुद्ध प्रहरीमा जाहेरी समेत दिएकी छन् ।


    बुधवार, आषाढ ८ २०७९०४:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij