काठमाडौं । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारे जिल्ला न्यायाधीशमाथि छानबिनका लागि ३ सदस्यीय समिति गठन गरिएको छ।
बुधबार(आज) बसेको न्याय परिषद्को बैठकले तीन सदस्यीय समिति गठनको निर्णय गरेको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिनका लागि न्याय परिषद् सदस्य रामप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको कानुन मन्त्री गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो।
न्युज २४ टिभीले न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रसारण गरेको थियो।