Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक, न्यायपरिषद्को आकस्मिक बैठक बोलाइयो

न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक, न्यायपरिषद्को आकस्मिक बैठक बोलाइयो

  • बुधवार, आषाढ ८ २०७९

  • 621
    SHARES

  • न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक, न्यायपरिषद्को आकस्मिक बैठक बोलाइयो

    काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाउनुभएको छ। बुधबार(आज) दिउँसो १ बजे बस्नेगरि न्यायपरिषद्को बैठक बोलाइएको हो।

    काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको एक विवादास्पद अडियो सार्वजनिक भएपछि बैठक बोलाइएको हो।

    न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो। हिजो न्यूज २४ टेलिभिजनले अडियो सार्वजनिक गरेको हो।

    गम्भीर विषयको अडियो बाहिर आएपछि यसबारे बुझ्नका लागि बैठक बोलाइएको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो।

    सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउन प्रस्ताव गरिएको छ र त्यसबापत २ करोड आफूहरुले पाउने अडियो सुन्न सकिन्छ।


    बुधवार, आषाढ ८ २०७९१२:४१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij