Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिन माग गर्दै कांग्रेस महामन्त्रीद्वय निर्वाचन आयोगमा 

विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिन माग गर्दै कांग्रेस महामन्त्रीद्वय निर्वाचन आयोगमा 

  • मंगलवार, आषाढ ७ २०७९

  • 481
    SHARES

  • विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिन माग गर्दै कांग्रेस महामन्त्रीद्वय निर्वाचन आयोगमा 
    काठमाडौं । नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीहरूलाई पनि मताधिकार दिन माग गरेको छ ।

    कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरूलाई भेटेर विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिन माग गरेका छन् । भेटपछि महामन्त्री शर्माले भन्नुभयो, ‘नेपाल बाहिर रहेका नेपालीहरूको नोट चल्ने बनाएर मात्र हुँदैन, भोट चल्ने दिन बनाउनुपर्छ ।’

    उहाँका अनुसार सोमबार भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसमा सकारात्मक जवाफ दिँदै कानुन निर्माणमा अग्रसरता देखाउने आश्वासन दिनुभएको छ । 

    आयोगका पदाधिकारीहरूले पनि सर्वोच्च अदालतको आदेशअनुसार कानुनको मस्यौदा केही दिनमै सरकारलाई दिने बताउनुभएको छ । उनीहरूका अनुसार प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फ मत दिने बनाउन तुलनात्मक रुपमा सहज देखिन्छ । यद्यपि यसका लागि पनि निर्वाचनसम्बन्धी विद्यमान कानुनमा कम्तीमा ५ स्थानमा संशोधन गर्नुपर्छ ।

    कांग्रेस महामन्त्रीद्वयले कानुन निर्माणका लागि सरकारलाई घचघच्याइने बताएका छन् । साथै कानुन संशोधन नगर्दै विदेशमा रहेका नेपाली, जो मतदानको बेला नेपालमा आइपुग्न सक्छन्, उनीहरूको नामावली सङ्कलन गर्न सुझाव दिएका छन् । आयोगले पनि यसबारे आन्तरिक छलफल थाल्ने र सम्भव भए साउन १ गतेबाट विदेशमा रहेका नेपालीहरूको नाम सङ्कलन गर्ने आश्वासन दिएको छ ।

    कांग्रेसका महामन्त्रीद्वयले काठमाडौंमा भइरहेको मतदाता नामावली सङ्कलनलाई व्यवस्थित बनाउन पनि आग्रह गरेका छन् । महामन्त्री थापाका अनुसार काठमाडौं जिल्लाका मतदाताका लागि छुट्टै र बाहिरका मतदाता जो, काठमाडौंमा बस्छन्, उनीहरूका लागि छुट्टै केन्द्र तोकेर नामावली सङ्कलन गर्न आग्रह गरिएको छ ।

    अघिल्लो पटक जस्तै स्थानीय तहमै नामावली सङ्कलन गर्न समेत आयोगलाई आग्रह गरिएको उहाँले बताउनुभयो । 

    निर्वाचन आचार संहिता कार्यान्वयनका साथै निर्वाचन खर्च घटाउने विषयमा पनि छलफल भएको महामन्त्री थापाले जानकारी दिनुभयो।


    मंगलवार, आषाढ ७ २०७९०१:२५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij