Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मूल्य वृद्धिविरुद्ध प्रदर्शन गर्ने ८ जना प्रहरी नियन्त्रणमा

मूल्य वृद्धिविरुद्ध प्रदर्शन गर्ने ८ जना प्रहरी नियन्त्रणमा

  • मंगलवार, आषाढ ७ २०७९

  • 470
    SHARES

  • मूल्य वृद्धिविरुद्ध प्रदर्शन गर्ने ८ जना प्रहरी नियन्त्रणमा
    काठमाडौं । स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्य वृद्धिविरुद्ध अवरोध गर्दा नेतृ कुन्ती पोखरेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरानो बानेश्वरमा सरकारी सवारी साधनलाई अवरोध गरेपछि उनीहरू पक्राउ परेका हुन् । 
     
    मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार पछि हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै मंगलबार(आज) बिहान कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गर्दै  पुरानो बानेश्वर चोकमा सरकारी सवारी साधनलाई अवरोध गरेको थियो । अवरोधका क्रममा केहीबेर प्रहरीसँग तनाव भएको थियो । 
     
    आन्दोलनको नेतृत्व गरेकी पोखरेलले  मूल्य वृद्धि तत्काल फिर्ता नलिए थप आन्दोलनका कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिनुभएको छ । अहिले प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिई आवागमन सामान्य बनाएको छ ।


    मंगलवार, आषाढ ७ २०७९१२:५५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij