Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

  • सोमवार, आषाढ ६ २०७९

  • 337
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। दिउँसो १ बजेका लागि तय बैठकमा विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेस तथा पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेस गर्नेछन्।

    यस्तै, आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जनाएको छ।

    सोमबारकै बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्।

    संसद् सचिवालयका अनुसार मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।


    सोमवार, आषाढ ६ २०७९१०:१५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij