Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आइजिपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

आइजिपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

  • आइतवार, आषाढ ५ २०७९

  • 545
    SHARES

  • आइजिपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा
    काठमाडौं । आइजिपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार(आज) पनि हेर्दाहेर्दैमा राखिएको छ । 
     
    सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
     
    यसअघि जेठ ३० गतेका लागि पेशी तोकिएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो । 
     
    आज विश्वराज पोखरेलको तर्फबाट दुई दर्जन कानुनविद्ले बहस गरेका थिए । पोखरेलको तर्फबाट माधव बस्नेत, महादेव यादव, सुनील पोखरेल, रमेश बडाल, शम्भु पोखरेल, कृष्णप्रसाद भण्डारी, पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, हरिहर दाहाललगायतले बहस गरेका थिए ।
     


    आइतवार, आषाढ ५ २०७९०५:२२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij