Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देवरको मृत्यु हुँदा गाउँपालिकाभर उपाध्यक्षले बिदा दिएपछि...

देवरको मृत्यु हुँदा गाउँपालिकाभर उपाध्यक्षले बिदा दिएपछि...

  • आइतवार, आषाढ ५ २०७९

  • 515
    SHARES

  • देवरको मृत्यु हुँदा गाउँपालिकाभर उपाध्यक्षले बिदा दिएपछि...
    काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्ष आशा सिंहको देवरको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँपालिकामा बिदा दिएको छ।
     
    गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले आज दिउँसो १ बजेदेखि बिदा दिइएको बताउनुभयो । 
     
    गाउँपालिका कार्यालय, सबै वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय र अन्य संघसंस्थासमेत आज बन्द गरिएको उहाँले बताउनुभयो । 
     
    उपाध्यक्ष र वडा नम्बर ५ का अध्यक्षको परिवारमा शोक परेकोले आज बिदा दिइएको अध्यक्ष बरईले जानकारी दिनुभयो । आज बिदा हुनेबारे बरईले नै हस्ताक्षर गरेर सूचनासमेत गाउँपालिकाले निकालेको छ।
     
    हालै भएको स्थानीय चुनावमा अध्यक्ष र उपाध्यक्ष जनता प्रगतिशील पार्टीका उम्मेदवार निर्वाचित हुनुभएको थियो । 


    आइतवार, आषाढ ५ २०७९०२:५१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij