Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४ घण्टा नबित्दै कोरोना संक्रमणबाट नेपालमा आठ जनाले ज्यान गुमाए

२४ घण्टा नबित्दै कोरोना संक्रमणबाट नेपालमा आठ जनाले ज्यान गुमाए

  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.5K
    SHARES

  • २४ घण्टा नबित्दै कोरोना संक्रमणबाट नेपालमा आठ जनाले ज्यान गुमाए

    काठमाडौं । कारोना भाइरस संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्जका दुईजना, चितवन, प्युठान, दोलखा, सप्तरी, सर्लाही र विराटनगरका एक–एक जना रहेका छन् ।

    पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

    त्यस्तै, कोरोना संक्रमणबाट पर्साको वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको आज दिउँसो मृत्यु भएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।

    मुटुसम्बन्धि समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ ।

    यसअघि, बिहीबार नै एक कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु भएको थियो । वीरगञ्ज–१५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।

    त्यसैगरी, कोरोना संक्रमणको कारण बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा थप एक वृद्धको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सप्तरी घर भई हाल धापासी काठमाडौँ बस्ने ७७ वर्षीय पुरुषको मृत्यु भएको सशस्त्र प्रहरी अस्पताल बलम्बुका प्रवक्ता तथा एसपी डा. प्रवीण नेपालले बताउँनुभयो ।

    उनलाई बिहीबार साँझ ग्रिन सिटी अस्पतालबाट रिफर गरेर सशस्त्र अस्पताल ल्याइएको थियो । उनको आज बिहान मृत्यु भएको एसपी नेपालले बताउनुभयो ।

    साथै, चितवनको भरतपुर अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका –१३ का ६५ वर्षका पुरुष रहेका छन् ।

    अस्पतालले जारी गरेको सूचनाअनुसार विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहीबार साँझ मृत्यु भएको हो ।

    विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    उता, बुटवलमा पनि उपचार गराइरहेका प्युठानका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । १ भदौ मो लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना भएर उपचार गराइरहेका प्युठान स्वर्गद्वारी नगरपालिका –७ का ६४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

     


    शुक्रवार, भाद्र ५ २०७७०३:४६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij