Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

गठबन्धनलाई बलियो बनाऔँ, मन्त्री बन्न दौडधुप कम गरौँ : महत

गठबन्धनलाई बलियो बनाऔँ, मन्त्री बन्न दौडधुप कम गरौँ : महत

  • शनिवार, आषाढ ४ २०७९

  • 546
    SHARES

  • गठबन्धनलाई बलियो बनाऔँ, मन्त्री बन्न दौडधुप कम गरौँ : महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि निरन्तरता पाउने बताउनुभएको छ ।

    अहिलेकै अवस्थामा कुनै पनि दलको बहुमत नआउने र बहुमत नभए सरकार नबन्ने भएकाले चुनावपछि सरकार बनाउन यताउता दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जानु उपयुक्त हुने महतको भनाइ छ ।

    रौतहटको यमुना गाउँपालिकाको शुकदेवमा शनिबार सगरमाथा तराई अस्पतालको उद्घाटन गर्दै प्रवक्ता महतले गठबन्धनमा कसरी चुनावी तालमेल गर्ने भनेर छलफल भइरहेको जानकारी दिनुभयो ।

    उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संविधानमाथिको आक्रमण र प्रतिगमतकाविरुद्ध वर्तमान गठबन्धन बनेको भन्दै ओली अहिले पनि गठबन्धनलाई असफल बनाएर मुलुकलाई प्रतिगमनतर्फ लैजान उद्यत रहेको आरोप लगाउनुभयो ।

    महतले स्थानीय तहको निर्वाचनमा मधेसमा गठबन्धनले सन्तोषजनक सफलता हासिल गरेको दाबी गर्नुभयो ।


    शनिवार, आषाढ ४ २०७९०६:२४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij