काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुष छन् । उनको शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यससँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।