काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आउनुभएको छ । उहाँ आज नेपाल आइपुग्नुभएको हो ।
काठमाडौं अवतरण गरेसँगै उहाँ झापा प्रस्थान गर्नुभएको छ । राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले स्वागत गर्नुभएको थियो ।
उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम छ ।