Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पुराना जहाज किन्न कडाइ गर्ने मन्त्री आलेको घोषणामा वायुसेवा कम्पनीले जनायो कडा विरोध

पुराना जहाज किन्न कडाइ गर्ने मन्त्री आलेको घोषणामा वायुसेवा कम्पनीले जनायो कडा विरोध

  • शुक्रवार, आषाढ ३ २०७९

  • 703
    SHARES

  • पुराना जहाज किन्न कडाइ गर्ने मन्त्री आलेको घोषणामा वायुसेवा कम्पनीले जनायो कडा विरोध
    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले संसदमा घोषणा गरेको पुराना जहाज खरिद गर्ने समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरूले कडा विरोध जनाएका छन् । 
     
    उनीहरूले मन्त्रीले स्वेच्छाचारी, अव्यवहारिक तथा तर्कहीन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्न–नगराउन प्रधानमन्त्री समक्ष आग्रह समेत गरेका छन् ।
     
    शुक्रबार प्रधानमन्त्रीलाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले संवाद नै नगरी मन्त्रीबाट एकतर्फी अभिव्यक्ति दिएको बताउनुभएको छ ।   
     
    यसअघि १ असारमा संसदमा बोल्दै मन्त्री आलेले प्रेसराइज जहाज १० वर्ष र ननप्रेसराइज जहाज १५ वर्ष पुरानो भएपछि किन्न नपाउने गरी सरकारले नियम बनाउन लागेको बताउनुभएको थियो । अहिले यस्तो नियम १५ र २० वर्ष रहेको छ ।
     
    क्या. थापाले जहाजको हरेक पार्टपुर्जाको निश्चित साइकल तथा अवधि हुने भन्दै अन्तर्राष्ट्रिय मापदण्डको अक्षरशः पालना गरिएको समेत जनाउनुभएको छ । 
     
    उहाँले भन्नुभएको छ, ‘विमानको उमेरसँग जहाज दुर्घटना कदापि दाँज्न मिल्दैन, हरेक दुर्घटनाको छानबिन प्रतिवेदन हेर्दा सबै छर्लङ्ग हुन्छ । हवाई इन्धन अत्यधिक महँगो हुनु, डलरको विनिमय दर बढिरहेको समयमा हवाई सेवाको लागत बढेको भन्दै यस्तो नियम लागू भएमा यात्रुमाथि भार पर्ने समेत वायुसेवा सञ्चालकहरूको भनाइ छ ।
     
    संघले प्रधानमन्त्रीलाई लेखेको पत्र :bayu-sewa-sangh-1.jpg
     


    शुक्रवार, आषाढ ३ २०७९०३:२०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij