काठमाडौं । नेकपा एमाले सांसद भीम रावलले एसपीपी र अमेरिकी रक्षा मन्त्रालयबाट इण्डो प्यासिफिक रिपोर्ट २०१९ प्रकाशित दस्तावेजबारे छानबिन समिति गठन गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले अमेरिकी दूतावासले चाहेमा एसपीपीबाट अलग हुनसक्ने कुरा आएकाले एसपीपीजस्तो सामरिक महत्वको विषयमा सहभागी हुन नेपाल चाहँदैन भनेर पत्र लेख्न सरकारसँग आग्रह गर्नुभएको छ ।
उहाँले मुलुक सैन्य रणनीतिमा जाने भन्ने विषय हल्का नभएको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कटाक्ष गर्नुभएको छ । समितिमा रावल र खड्काबीच चर्काचर्कीसमेत भएको थियो ।
रावलले खड्कालाई एसपीपी नेपालको हितमा रहेको सार्वजनिक टिप्पणी गरेको आरोप लगाउनु भएको थियो ।