Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एसपीपी कार्यक्रम सेनालाई मान्य छैन : प्रधानसेनापति

एसपीपी कार्यक्रम सेनालाई मान्य छैन : प्रधानसेनापति

  • शुक्रवार, आषाढ ३ २०७९

  • 397
    SHARES

  • एसपीपी कार्यक्रम सेनालाई मान्य छैन :  प्रधानसेनापति

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम सेनालाई मान्य नभएको बताउनु भएको छ ।

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रबार प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताउनुभयो ।’एसपीपी कुनै हालतमा काम छैन ।

    एसपीपी हाम्रो लागि मान्य छैन,’ प्रधानसेनापति शर्माले भन्नुभयो । बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्ने बताउनुभयो ।

    सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उहाँको भनाइ थियो । ’मानवीय सहयोगका लागि चिठी लेखेको हो सैन्य गठबन्धनमा जाने भएपछि हामी जाने होइन,’ उहाँले भन्नुभयो ।

    उहाँले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध समेत गर्नुभयो । थप आशंका नगरौं यसलाई यहीँ नै निराकरण गरौं ।’ प्रधानसेनापति शर्माको भनाइ छ ।

     


    शुक्रवार, आषाढ ३ २०७९१०:२९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij