Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

ओली सरकारकै पालामा सम्झौता भएको पुष्टि गर्न रायमाझीको चुनौति

ओली सरकारकै पालामा सम्झौता भएको पुष्टि गर्न रायमाझीको चुनौति

  • शुक्रवार, आषाढ ३ २०७९

  • 471
    SHARES

  • ओली सरकारकै पालामा सम्झौता भएको पुष्टि गर्न  रायमाझीको चुनौति

    काठमाडौं । नेकपा एमालेका सचिव टोपवहादुर रायमाझीले केपी ओलीको नेतृत्वको सरकारको स्वीकृती लिएर सैन्य साझेदारी सम्बन्धी एसपीपीमा सहभागी हुन सेनाबाट पत्राचार भएको भन्ने कुरालाई पुष्टि गरेर देखाउन चुनौति दिनुभएको छ ।

    उहाँले सो कुराको पुष्टि भए आफुहरु गल्ती स्वीकार्न तयार रहेको वताउनुभयो । नेता रायमाझीले एसपीपीबारे एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले संसदमा स्पष्ट रुपमा जवाफ दिइसकेको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै नेता रायमाझीले एमालेले स्वयं एसपीपी घातक हो भनेर कुरा उठाइरहेको दावी समेत गर्नुभयो ।

    अध्यक्ष ओलीले स्वयं सचिवालय बैठकमा एसपीपी घातक हो भनेर कार्यकर्तामाझ भन्नुभएको र एसपीपी राष्ट्रको हित विपरित भएकाले विपक्षमा उभिन निर्देशन दिनुभएको पनि उहाँले जानकारी दिनुभयो ।ओली सरकारको पालामा मन्त्री भएका नेता रायमाझीले एसपीपीवारे मन्त्रीपरिषदमा कुनै कुरा र बिषय नआएको दावी समेत गर्नुभयो ।

    नेता रायमाझीले एसपीपी गम्भीर बिषय भएकाले छानविन र अनुसन्धान गर्नुपर्ने र गल्ती भए आफुहरु स्वीकार्न तयार रहेको जानकारी दिनुभयो ।
    सेनाले अमेरिकालाई ओली प्रधानमन्त्री हुँदाको बखत लेखेको पत्र खुलासा भएको छ ।

    सैन्य साझेदारीसम्बन्धी अमेरिकाको एसपीपीमा सहभागी हुन नेपाली सेनाले ७ वर्ष अघि नै पत्र पठाएको खुलासा भएको हो । सरकारको स्वीकृती लिएर एसपीपीमा सहभागी हुन सेनाबाट पत्राचार भएको खुलेको हो । 

    तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर गरिएको पत्रको मिति २७ अक्टोबर २०१५ को मिति छ ।


    शुक्रवार, आषाढ ३ २०७९०९:५६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij