काठमाडौं । विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
त्यस्तै सांसदहरूले राखेको २३ वटा खर्च कटौतीको प्रस्ताव संसद्ले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो ।
विनियोजन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू संसद् बैठकबाट बाहिरिएका थिए । उनीहरूले बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति सहभागी भएको भन्दै छानबिन गर्न माग गरेको छ ।
जेठ १७ गतेदेखि प्रतिनिधिसभामा बजेटमाथिको छलफल सुरु भएको थियो ।