Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री संसद् बैठकमा अनुपस्थित, जवाफ दिन रोष्टममा गृहमन्त्री

प्रधानमन्त्री संसद् बैठकमा अनुपस्थित, जवाफ दिन रोष्टममा गृहमन्त्री

  • बिहिवार, आषाढ २ २०७९

  • 723
    SHARES

  • प्रधानमन्त्री संसद् बैठकमा अनुपस्थित, जवाफ दिन  रोष्टममा गृहमन्त्री
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा जवाफ नदिनुहुने भएको छ । 
     
    विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्री एवं प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको थियो । यद्यपि प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभामा जवाफ दिन सुरु गर्नुभएको छ । 
     
    प्रधानमन्त्री देउवा आजको बैठकमा अनुपस्थित हुनुहुन्छ । 
     
    नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री अनुपस्थित हुनुको कारण माग गर्दै प्रधानमन्त्रीको जवाफ अरूले दिन नमिल्ने भन्दै नियमापत्ति जनाउनुभएको थियो । 
     
    जवाफमा सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले कार्यव्यस्तताको कारण जनाउँदै बैठकमा आउन नसक्ने पूर्व सूचना दिएको जानकारी बैठकमा गराउनुभएको छ । 
     
    संसद् बैठकमा जान कार्यव्यस्तताको कारण देखाएका प्रधानमन्त्री देउवाले आजै नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको चेम्बर एक्स्पो उद्घाटनको कार्यक्रममा भाग लिनुभएको थियो । 


    बिहिवार, आषाढ २ २०७९०२:२९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij