Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमालेद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार, बाहिरिए सांसद

एमालेद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार, बाहिरिए सांसद

  • बिहिवार, आषाढ २ २०७९

  • 456
    SHARES

  • एमालेद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार, बाहिरिए सांसद
    काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् बहिस्कार गरेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिन समिति गठन माग गरेको थियो । तर सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन समय दिनुभयो ।
     
    अर्थमन्त्री बोलेपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बोल्नुभएको थियो । शर्माको जवाफ सुन्न लायक नभएको भन्दै संसद् बहिस्कार गर्ने बताउनुभयो। बैठकमा भट्टराईले अर्थमन्त्री शर्मालाई गद्दार भनेपछि सभामुख अग्निप्रसाद सापकोटाले सो शब्द रेकर्डबाट हटाउनुभएको छ । भट्टराईले बजेट निर्माणको अघिल्लो दिन भएको देश प्रतिको अत्यन्तै गद्दार विषयमा हामी बोलिरहेका छौं भन्नुभएको थियो। 
     
    उक्त शब्द बोलेपछि भट्टराईलाई त्यही रोक्दै सभामुख सापकोटाले त्यो शब्दलाई रेकर्डबाट हटाएको जानकारी दिनुभएको थियो । 
     
    यसपछि एमालेले प्रतिनिधि सभाको बैठकलाई बहिस्कार गरेको छ  । लगतै एमाले सांसदहरू संसद्बाट बाहिरिएका छन् ।
     


    बिहिवार, आषाढ २ २०७९०२:१४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij