Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

चुनावमा महासंग्रामको सामना गर्नुपर्‍यो : ओली

चुनावमा महासंग्रामको सामना गर्नुपर्‍यो : ओली

  • बिहिवार, आषाढ २ २०७९

  • 440
    SHARES

  • चुनावमा महासंग्रामको सामना गर्नुपर्‍यो : ओली
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा एमालेले चुनाव मात्र नलडेर एउटा महासंग्राम नै लड्नु परेको बताउनुभएको छ । 
     
    एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले महासंग्राम जितेर आएको भन्दै जनप्रतिनिधिलाई बधाई दिनुभयो । 
     
    उहाँले चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका जनप्रतिनिधिले महासंग्राम लडेको बताउनुभयो । ओलीले एमाले बाहेक अरूसँग विकासको कुनै योजना नरहेको आरोप लगाउनुभयो । 
     
    देशको विकास गर्ने र समृद्धि बनाउन पार्टी एमाले रहेको भन्दै उहाँले त्यो जिम्मेवारी पूरा गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभयो । 
     


    बिहिवार, आषाढ २ २०७९०१:१७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij