Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमालेले जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिने

एमालेले जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिने

  • बिहिवार, आषाढ २ २०७९

  • 345
    SHARES

  • एमालेले जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि प्रशिक्षण दिँदैछ । आज र भोलि पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार स्कुल विभागले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा उद्घाटन गर्ने तयारी छ ।

    स्थानीय तहमा निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो ।

    अध्यक्ष ओलीसहितका नेताहरुले जनप्रतिनिधिलाई प्रशिक्षण दिनेछन् । 


    बिहिवार, आषाढ २ २०७९०९:३३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij