Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् सम्भावित एजेण्डा

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् सम्भावित एजेण्डा

  • बिहिवार, आषाढ २ २०७९

  • 542
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् सम्भावित एजेण्डा

    काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज (बिहिबार) पनि बस्दै छ । दिउँसो १ बजे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

    रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनु हुनेछ ।

    आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो ।


    बिहिवार, आषाढ २ २०७९०८:३२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij