Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘काठमाडौं सर्ट फिल्म फेस्टा’ का लागी असार २६ सम्म आवेदन दर्ता गर्नुपर्ने

‘काठमाडौं सर्ट फिल्म फेस्टा’ का लागी असार २६ सम्म आवेदन दर्ता गर्नुपर्ने

  • बुधवार, आषाढ १ २०७९

  • 686
    SHARES

  • ‘काठमाडौं सर्ट फिल्म फेस्टा’ का लागी असार २६ सम्म आवेदन दर्ता गर्नुपर्ने

    काठमाडौँ– छायाँछवि क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरूको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ।

    यो फेस्टाका लागी २०७९ असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने आयोजक संस्थाले जनाएको छ । ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ मा छोटा चलचित्र एवं छोटा वृत्तचित्रमा भाग लिन पाउने छन् । छोटा चलचित्र एवं छोटा बृत्तचित्रको अवधि २ मिनटदेखी ५९ मिनट भित्रको हुनुपर्नेछ ।

    नेपालमा पछिल्लो समय छोटा चलचित्र एवं वृत्तचित्रको निर्माण बढेको छ । छोटा चलचित्र एवं वृत्तचित्र उत्कृष्ट ,गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता चलचित्र एवं वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पुर्‍याउन र अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुराउन फेस्टा आयोजना गिररहेको फेस्टा एवं छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए ।

    नेपाली छोटा वृत्तचित्र एवं चलचित्रले अन्तराष्ट्रिय महोत्सवमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिनुपर्छ भन्ने पनि फेस्टाको उद्देश्य रहेको बताइएको छ ।

    फेस्टामा सहभागी चलचित्रलाई बेष्ट सर्ट फिल्म (फिक्सन), वेस्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, वेस्ट सर्ट फिल्म (डकुमेन्ट्री), वेस्ट सर्ट फिल्म डकुमेन्ट्री निर्देशक, वेस्ट कन्सेटरस्कृप्ट, बेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाइस अवार्ड, वेस्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्ड लगायतका विधामा अवार्ड प्रदान गर्न लगिएको हो । वेस्ट सर्ट फिल्म (फिक्सन) र वेस्ट सर्ट फिल्म (डक्युमेन्ट्री) लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । अन्य विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।


    बुधवार, आषाढ १ २०७९०७:५९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij