Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

निहारिकाको अनसनबारे छलफलमा जुट्यो मन्त्रालय

निहारिकाको अनसनबारे छलफलमा जुट्यो मन्त्रालय

  • मंगलवार, जेठ ३१ २०७९

  • 760
    SHARES

  • निहारिकाको अनसनबारे छलफलमा जुट्यो मन्त्रालय

    काठमाडौं । ‘कुमारी आमा’ अर्थात निहारिका राजपुत आफ्ना विभिन्न मागहरु राखेर आमरण अनसनमा बसेको आज (मंगलबार) पाँच दिन पुगेका छन् ।

    उनका मागहरुका विषयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले चासो लिनुभएको छ ।

    समस्या समाधानका लागि आफूले मन्त्रालयका सचिव र राष्ट्रिय महिला आयोगसँग आन्तरिक छलफल गरिरहेको रेग्मीले बताइन् । सरोकारवालाहरूले मन्त्रालयमा ध्यानाकर्षण नगराउँदा यो विषयमा ढिला जानकारी प्राप्त भएको उहाँको भनाइ छ । ‘उहाँका मान्छेहरु मन्त्रालयमा आजसम्म कोही पनि ध्यानाकषर्ण गराउन आउनु भएको छैन’, उहाँले भन्नुभयो, ‘तर पनि सडकमा एक किशोरी नाबालक बच्चासहित अलपत्र पर्दा मन्त्रालय मूकदर्शक बनेर बस्दैन । मन्त्रालयले उनको दायित्व लिन्छ ।’

    उहाँले सकेसम्म आज नै छलफलबाट कुनै निष्कर्ष निकाल्ने निकाल्न प्रयास गरिने बताइन् । ‘क्याबिनेट छाडेर म आजै यो घटनामा निष्कर्ष निकाल्ने तयारीमा छु’ उहाँले भन्नुभयो, ‘निहारिका मागहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर छलफलमार्फत निकास निकाल्ने प्रयास जारी छ ।’

    उहाँले समस्याको समाधान गर्न सकिने भएकाले मन्त्रालयलाई समयमै ध्यानाकर्षण गराउन पनि उनले सरोकारवालालाई अनुरोध गर्नुभएको छ । बच्चाको बावुको डिएनए टेस्ट गर्नुपर्ने तथा धनुषा जिल्ला अदालतले पीडकलाई साथ दिएको भन्दै विभिन्न मागसहित निहारिका बसन्तपुर डबलीमा आमरण अनसनमा छिन् । २१ महिनाको शिशुसहित उनी अनसनमा बसेकी हुन् भने चौथो दिनमा बेहोस् भएपछि अस्पताल भर्ना गरिएको थियो ।


    मंगलवार, जेठ ३१ २०७९०४:५६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij