Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

समयमा पुस्तक पुर्‍याउन नसकिएकोबारे यस्तो छ शिक्षामन्त्री पौडेलको जवाफ !

समयमा पुस्तक पुर्‍याउन नसकिएकोबारे यस्तो छ शिक्षामन्त्री पौडेलको जवाफ !

  • मंगलवार, जेठ ३१ २०७९

  • 616
    SHARES

  • समयमा पुस्तक पुर्‍याउन नसकिएकोबारे यस्तो छ शिक्षामन्त्री पौडेलको जवाफ !
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज अभाव र चुनावका कारण समयमा पुस्तक छाप्न नसकिएको बताउनुभएको छ । 
     
    मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले गत वर्ष असार १ गतेदेखि शैक्षिक सत्र सुरु भएकोमा यो वर्ष १ महिना अगाडि सारिएको बताउनुभयो । 
     
    कोभिड १९ का कारण शैक्षिक सत्र असारमा पुगेकोमा यो वर्षदेखि शैक्षिक सत्र १ महिना अगाडि सार्नु र कागज अभाव भएका कारण पुस्तक प्रकाशनमा ढिलाइ भएको दाबी गर्नुभयो ।  
     
    उहाँले पुस्तक छाप्नका लागि प्रमाणित भएको गुणस्तरीय कागज विदेशबाट ल्याउनुपर्ने भएकोले सहज रुपमा आपूर्ति हुन नसकेको बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो–‘म आफैंपनि ५ पटक जनक शिक्षामा पुगेको छु । समयमा पाठ्यपुस्तक पुर्‍याउने कुरा हामीले सार्वजनिक रुपमा गरेको हुँदा त्यसका लागि हामीले अहोरात्र ध्यान दियौँ । तर दुर्भाग्य कागजको आपूर्ति समयमा हुन सकेन । निर्वाचन आयोगले गरेको चुनावमा जनक शिक्षाका कर्मचारी पनि जानुपर्ने बाध्यात्मक स्थिति बन्यो । जसले गर्दा पाठ्यपुस्तक पुर्‍याउन १५ दिन ढिला भएको जानकारी गराउन चाहन्छु ।’
     
    उहाँले पढाइमा बाधा नपरोस् भनी सामूहिक अध्ययनका लागि वैकल्पिक व्यवस्था गरिएको जानकारी गराउनुभएको छ । 


    मंगलवार, जेठ ३१ २०७९०२:५४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij