काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले वलीलाई बिहान नियन्त्रणमा लिएको हो ।
तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताउनुभयो ।
बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
एक घरमा गएर महिलालाई हातपात गरेपछि उहाँलाई अहिले नियन्त्रणमा लिएको बताउँदै प्रहरी निरीक्षक स्वारले ‘घटनाबारे थप बुझिरहेको बताउनुभयो ।