काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आर्थिक वर्ष २०७९÷०८० को बजेटमाथि संसदमा छलफल जारी रहेको छ । बिहान ११ बजे बस्ने बैठकमा सांसदहरुले उठाएका प्रश्नमाथि मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे जानकारी गराउनुपर्ने माग पनि उठेको छ । यसैबीच किसानहरुलाई जसरी पनि मल उपलब्ध गराउनुपर्ने सांसदहरुको माग छ ।
बाढी, पहिरो र विपद् व्यवस्थापनमा सरकारले अहिले देखि नै तयारी थाल्नुपर्ने सांसदहरुको माग छ । हिजोको बैठकमा कृषि मन्त्री महेन्द्र राय यादवले मल असारको अन्तिमसम्म आइपुग्ने आश्वासन दिएका थिए । त्यस्तै, आज बिहान ८ बजे अर्थ समितिको बैठक पनि डाकिएको छ ।