Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र लोसपा नेताबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री र लोसपा नेताबीच बालुवाटारमा भेटवार्ता

  • सोमवार, जेठ ३० २०७९

  • 539
    SHARES

  • प्रधानमन्त्री र लोसपा नेताबीच बालुवाटारमा भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी (लोसपा)का नेताहरूबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू बालुवाटार पुग्नु भएको हो । प्रधानमन्त्री देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने संकेत गर्नुभएको छ ।

    लोकतान्त्रिक समाजवादीका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो । जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।

    तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै नेताहरु आज बिहान फेरि प्रधामन्त्रीलाई भेटन गएका हुन् ।

    भेटमा आफूहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक कहिले आउँछ भनेर प्रधानमन्त्रीलाई सोधेको र प्रधानमन्त्रीले बजेट लगत्तै नागरिकतासम्बन्धी विधेक संसदबाट पारित गर्ने बताएको नेता राजेन्द्र महतोले जानकारी दिनुभयो।


    सोमवार, जेठ ३० २०७९११:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij