Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

जन्म कैदको सजाय भोगिरहेका रेसम चौधरीले जेलबाटै तयार गरे पार्टी संचालन र कार्य विभाजन प्रस्ताव 

जन्म कैदको सजाय भोगिरहेका रेसम चौधरीले जेलबाटै तयार गरे पार्टी संचालन र कार्य विभाजन प्रस्ताव 

  • आइतवार, जेठ २९ २०७९

  • 593
    SHARES

  • जन्म कैदको सजाय भोगिरहेका रेसम चौधरीले जेलबाटै तयार गरे पार्टी संचालन र कार्य विभाजन प्रस्ताव 
    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेसम चौधरीले पार्टी संचालन र कार्य विभाजन प्रस्ताव तयार परेका छन् ।
     
    काठमाडौंको डिल्लीबजार कारागारमा जन्म कैदको सजाय भोगिरहेका चौधरीले तयार पारेको पार्टी संचालनका लागि पार्टी लेबी, क्रियाशील सदस्यता र कार्य विभाजनका सम्बन्धमा आगामी केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन निर्देशन छ ।
     
    नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य हुन एक कार्यकालका लागि २५ हजार लेबी निर्धारण गरिएको छ । यस्तै क्रियाशील सदस्यका लागि एक वर्षमा २५०, साधारण सदस्यका लागि एक वर्षमा २५ रुपैयाँ लेबी निर्धारण गरिएको रेसमको प्रस्तावमा उल्लेख छ ।
     
    नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित मेयरले मासिक तलबको १५, उपमेयरले १२, वडाध्यक्षले १० प्रतिशत लेबी बुझाउनुपर्ने छ भने वडा सदस्यले मासिक १ हजार रुपैयाँ तोकिएको छ ।
     
    यस्तै जिल्ला समन्वय समितिका सभापतिले २० प्रतिशत र जिल्ला समन्वय समितिका सदस्यले १० प्रतिशत लेबी पार्टीलाई बुझाउनुपर्ने प्रस्तावमा भनिएको छ ।
    कार्य विभाजन
     
    चौधरीका प्रस्ताव अनुसार पार्टीको आगामी केन्द्रीय कमिटी बैठकले विद्यार्थी, श्रमिक, बुद्धिजीवी, कलाकार र भारतीय श्रमिक समाज सङ्गठन हुने भएको छ ।
     
    नागरिक विद्यार्थी समाजको संयोजकमा सत्य चौधरीको नाम प्रस्तावित छ भने नागरिक श्रमिक समाजको संयोजकमा रमण चौधरीको नाम अगाडि सारिएको छ । यस्तै नागरिक बुद्धिजीवी समाजको संयोजकमा राम बहादुर चौधरीको नाम प्रस्तावित गरिएको छ ।
     
    नागरिक कलाकार समाजको संयोजक दर्पण कुसुम्या र नागरिक उन्मुक्ति भारतीय श्रमिक समाजकको संयोजक ललित ताम्राकारलाई बनाउने रेसमको तयारी छ । संस्थापक चौधरीले कार्यालय सचिवमा रमेश विकलाई अनिवार्य राख्ने भनेका छन् । कैलाली र बर्दियाका मुख्य क्षेत्रका लागि नेताहरूलाई जिम्मेवारी तोक्न पनि रेसमको प्रस्तावमा उल्लेख छ ।
     
    कार्य विभाजन
     
    कैलालीको टीकापुर क्षेत्रमा रामलाल डगौंरा, रमेश विक, लम्कीमा महेन्द्र उपाध्याय, बौनियाँमा पुष्कल चौधरी, घोडाघोडीमा प्रेम चौधरी, भजनीमा गङ्गाराम डगौंरा, जोशीपुरमा कैलाश चौधरी र धनगढीमा निम प्रसाद चौधरीले हेर्न गरी प्रस्ताव तय भएको छ । यस्तै बर्दियाको  राजापुर क्षेत्रमा राम बहादुर बरवरिया र गुलरियामा सोमाई चौधरीलाई जिम्मेवारी तोक्न रेसमको प्रस्ताव छ ।
     
    यस्तै टिकापुर घटनाका राजबन्दी परिवार, पार्टीका सदस्य र शिक्षित तथा महत्त्वपूर्ण व्यक्तिलाई पहिलो प्राथमिकता दिनुपर्ने रेसमको प्रस्तावमा उल्लेख छ । नागरिक उन्मुक्ति पार्टीले जितेका ४ पालिकामा टिकापुर घटनाका राजबन्दी परिवारलाई केही न केही राहतको व्यवस्था गर्ने भनिएको छ ।
     
    ‘राजबन्दी परिवारको अवस्था र तीनका बालबालिका के कस्तो अवस्थामा छन्, निःशुल्क अध्ययन तथा उपचारको बन्दोबस्त गर्नुहोला,’ प्रस्तावमा भनिएको छ ।


    आइतवार, जेठ २९ २०७९०३:३३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij