Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै

एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै

भोलिको सचिवालय बैठकका एजेण्डाबारे छलफल हुने
  • आइतवार, जेठ २९ २०७९

  • 441
    SHARES

  • एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । भोलि बस्ने केन्द्रीय सचिवालयको बैठकका एजेण्डा तय गर्न बैठक बस्न लागेको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

    पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पार्टीले स्थानीय तहको निर्वाचनमा ल्याएको मतपरिणाम, संघीय निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने रिजालले बताउनुभयो ।

    एमालेले गठबन्धन सरकारका कामकारबाहीबारे पनि समिक्षा गर्ने तयारी गरेको छ । सरकारले जनमैत्री काम गर्न नसकेको र हालको बजेट महत्वकांक्षी रहेकोले कार्यान्वयनमा जटिलता हुने एमालेको निष्कर्ष छ ।

    बजेट पुरानै शैलीमा आएको भन्दै एमालेले संसदमा पनि आलोचनात्मक टिप्पणी गर्दै आएको छ ।


    आइतवार, जेठ २९ २०७९०८:२९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij