काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले अहिले आवश्यकता हेरेर मात्रै मन्त्री हेरफेर गर्ने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गरेकाले यसको असर जनतालाई कति पर्छ भन्नेतर्फ पनि ध्यान दिएर मन्त्री हेरफेर गर्नुपर्ने बताउनुभएको हो ।
परिवर्तन गरेर जनतालाई कति लाभ हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर मात्रै मन्त्रीमण्डल हेरफेर गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
यस्तै नेता गजुरेलले नेता र पार्टीहरुको रवैया यस्तै रहिरहे नेपालमा कुनै पनि मन्त्री सफल नहुने दाबी गर्नुभयो ।
‘कांग्रेसलाई साइज लगाउनपनर्छ’ भन्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्कको बचाउ गर्दै नेता गजुरेलले कांग्रेसले दम्भ देखायो भने, प्रदेश र संघको सिट विभाजन सन्तुलित भएन भने र हामी ठुलो पार्टी हौ एक्लै जान सक्छौ भन्ने कुरा ग¥यो भने त्यो बेलाको अवस्था आएको खण्डमा प्रचण्डले यस्तो भन्नुभएको भन्दै नेता गजुरेलले प्रष्ट पार्नुभयो ।
स्थानीय तहको निर्वाचनमा सबैपक्षबाट भएका केहि कमिकमजोरीलाई समिक्षा गर्दै संघ र प्रदेशको निर्वाचनमा सन्तुलित ढंगले सिट विभाजन गर्नुपर्नेमा जोड दिदै नेता गजुरेलले त्यो अवस्थामा काँग्रेसले दम्भ देखाउन सक्ने संकेत समेत गर्नुभयो ।