Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नवनिर्वाचित जनप्रतिनिधिलाई मन्त्री भुसालको आग्रह : जनताको सेवामा समर्पित हुनुस् !

नवनिर्वाचित जनप्रतिनिधिलाई मन्त्री भुसालको आग्रह : जनताको सेवामा समर्पित हुनुस् !

  • शनिवार, जेठ २८ २०७९

  • 592
    SHARES

  • नवनिर्वाचित जनप्रतिनिधिलाई मन्त्री भुसालको आग्रह : जनताको सेवामा समर्पित हुनुस् !
    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र संवर्द्धन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।
     
     ललितपुरको महालक्ष्मी नगरपालिका–६ बाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उहाँले  भन्नुभयो, “जनप्रतिनिधि शासक होइनन्, सेवक हुन्, जनताको आधारभूत आवश्यकता पूरा गर्न कर्तव्यनिष्ठ हुनुहोला ।”
     
    आफ्नो कला, संस्कृति र पहिचानलाई संरक्षण गर्न  विशेष ध्यान दिएर मात्र आधुनिक विकासमा अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भनिन्, “परम्परागत पहिचानलाई संवर्द्धन गरेर विकासका गतिविधि अगाडि बढाउनुपर्छ ।” 
     
    उहाँले महालक्ष्मी नगरको आर्थिक विकासको आर्थिक विकासको आधार पर्यटन भएकाले त्यसका लागि वडादेखि नगरसम्म उपयुक्त कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 
     
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले स्थानीय जनप्रतिनिधिले जनताका आवश्यकतालाई पूर्ति गर्दै विकासका कार्यक्रम अगाडि बढाउन सल्लाह दिनुभयो ।  
     
    जनता समाजवादी पार्टीका नेता नवराज सुवेदीले नवनिर्वाचित सदस्यले जनताको आवश्यकतालाई पहिचान गरेर आफ्ना कार्यक्रममा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नवनिर्वाचित वडाध्यक्ष धर्म महर्जनले आफूलाई जनताले अमूल्य मत दिएर निर्वाचित गराएकामा धन्यवाद व्यक्त गर्दै जनताका आवश्यकतालाई पूरा गर्न आफू निरन्तर लाग्ने विश्वास दिलाउनुभएको छ । 


    शनिवार, जेठ २८ २०७९०४:५३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij