Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सारेगमप लिटल च्याम्पबाट उदाएका कृपा र रोशाको ‘फोन आउला कि’ बजारमा चर्चा बटुल्दै (भिडियोसहित)

सारेगमप लिटल च्याम्पबाट उदाएका कृपा र रोशाको ‘फोन आउला कि’ बजारमा चर्चा बटुल्दै (भिडियोसहित)

  • शनिवार, जेठ २८ २०७९

  • 924
    SHARES

  • सारेगमप लिटल च्याम्पबाट उदाएका कृपा र रोशाको ‘फोन आउला कि’ बजारमा चर्चा बटुल्दै (भिडियोसहित)
    काठमाडौं । नेपालकै चर्चित रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’बाट उदाएकी कृपा पौडेल र रोशा फुयाँलको आवाजमा ‘फोन आउला कि’ बोलको गीत सार्वजनिक भएको छ ।  कृपा ‘सारेगमप लिगल च्याम्प’ को विजेता हुन्  भने रोशा फस्ट रनरअप हुन् । 
     
    शुक्रबार  एपि म्युजिकबाट बजारमा सार्वजनिक भिडियोमा पनि कृपा र रोशालाई देख्न सकिन्छ ।
     
    “फोन आउला कि” 
    पर्खेर कति बसौँ, तिमीलाई पर्खेर कति बसौँ तिम्रो फोन आउला कि, लब्ली टोन आउला कि...
     
    यस्तै मन छुने शब्दहरूले बनेको गीतमा  कृपा र रोशाको सुरिलो आवाजको केमेस्ट्री गजब मिलेको छ । गीतमा आफूले माया गरेको मान्छे आफूभन्दा टाढा हुँदा उसको फोनको प्रतीक्षामा बसेकी उसकी मायालुको भाव पोखिएको छ ।
     
    झापा घर भएकी कृपा र रोशा मिल्ने साथी पनि हुन् । उनीहरूले  ‘सारेगमप  लिटल च्याम्प’ मा उत्कृष्ट प्रस्तुति दिएर दर्शक श्रोताको मन जितेकी थिइन् ।
     
    ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको  यो गीतमा अग्नि पराजुलिको शब्द तथा लय रहेको छ भने विश्व अधिकारीले एरेन्जर गरेका छन् । गीतको  मिक्सिङ्ग आकाश गौतमले  गरेका छन् ।
     
    हेर्नुहोस् भिडियो


    शनिवार, जेठ २८ २०७९१२:४९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij