काठमाडौं । पछिल्लो समय मुलुकमा आउने विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरु गुपचुप हुने गरेको भन्दै आलोचना शुरु भएको छ ।
असंलग्न परराष्ट्रनीति बोकेको देश नेपालले दुई ठूला छिमेकीसँगको सम्बन्धलाई बलियो बनाउँदै तेस्रो मुलुकसँग थप सम्बन्ध बिस्तार गर्नुपर्ने भएपनि अहिलेको भ्रमण परराष्ट्र नीति विपरित हुने गरेको भन्दै आलोचना शुरु भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै डा. भीम रावलले अमेरिकी इण्डोप्यासिफिक कमाण्डका जर्नेलसँग नेपाली सेनाले वार्ता गर्ने विषय गलत भएको बताउनुभयो । कुनै पनि उच्चअधिकारीको भ्रमण हुँदा पारदर्शी र संसदलाई जानकारी हुनुपर्ने बताउँदै उहाँले परराष्ट्र मार्फत यो पक्रिया हुनुपर्ने दोहर्याउनु भयो ।
विभिन्न आवरणहरु दिएर देशलाई सामरिक गठबन्धनतिर धकेल्न लागिएको शंका व्यक्त गर्दै रावलले नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना
एशिया प्रशान्त क्षेत्र हेर्ने अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमान्डका उच्च अधिकारी रहेका फ्लिनको भ्रमणको मूल उद्देश्य दुई सेनाबीचको सम्बन्ध थप सुदृढ गर्ने रहेको सैनिक अधिकारीहरूले बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सूर्यप्रसाद पाठकले अमेरिका भ्रमणमा प्रधानमन्त्री र प्रधानसेनापति जान लागेको र नेपाल कतै आइपीएसमा सहभागी हुने हो की भन्ने आशंका पैदा भएकाले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर यसको जवाफ दिनुपर्ने माग गर्नुभयो ।
यता, पूर्वन्यायाधीवक्ता एवम् अन्तर्राष्ट्रिय कानूनका जानकार डा. युवराज संग्रौलाले नेपालको परराष्ट्र नीतिमा तोडफोड भएकोप्रति दुःख व्यक्त गर्नुभयो । नेपालकै दुईवर्षको इतिहासमा यो गलत प्रयोग भएको भन्दै संग्रौलाले यसले मुलुकलाई कठिन अवस्थामा लैजाने बताउनुभयो ।
नेपालले दुईवटा छिमेकी देशसँगको सम्बन्धलाई बलियो बनाउनुको साँटो विश्वको सैनिक शक्ति भएको तेस्रो मुलुकसँग हातेमालो गर्नुले यहाँको आर्थिक अवस्थामा असर पर्ने डा. संग्रौलाको विश्लेषण छ ।
नेपालजस्तो सार्वभौम सम्पन्न मुलुकले सबै देशहरुसँगको सम्बन्धलाई बलियो बनाएर भविष्यमा आइपर्ने चुनौतिको ख्याल गर्नु अहिलेको आवश्यकता हो ।