Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

माग पुरा नगरे संघर्ष गर्ने नेकपा एकीकृत माओवादीको चेतावनी, के हुन माग ? 

माग पुरा नगरे संघर्ष गर्ने नेकपा एकीकृत माओवादीको चेतावनी, के हुन माग ? 

  • शुक्रवार, जेठ २७ २०७९

  • 822
    SHARES

  • माग पुरा नगरे संघर्ष गर्ने नेकपा एकीकृत माओवादीको चेतावनी, के हुन माग ? 
    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी)ले काठमाडौं उपत्यकाको फोहोर तत्काल व्यवस्थापन नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ । 
     
    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोहोर व्यवस्थापन नभए र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको हो ।
     
    जेठ २५ गते सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग अघि सारेको थियो । यस्तै, उक्त पार्टीले पेट्रोलियम पदार्थको विकल्प खोजिनुपर्ने पनि माग समेत गरेको छ ।
     
    सम्मेलनमा प्रवक्ता जन्जिर शाहीले पार्टीको केन्द्रीय बैठकले गरेका निर्णयहरू सुनाउँदै कमिसन खोरहरूको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
     
    ‘कमिसन खोर र भ्रष्टाचारीहरुलाई तत्काल कारबाही गर्न हामीले जोडदार माग गरेका छौ’, शाहीको भनाइ छ । दिनप्रतिदिन भ्रष्टाचार, महँगी, पेट्रोलियम पदार्थको मूल्य बढेकोप्रति आपत्ति जनाउँदै इम्बोस्ड नम्बरमा करोडौं चलखेल भएको चर्चाबारे सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । 


    शुक्रवार, जेठ २७ २०७९०३:३०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij