Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

लोसपा सरकारमा जानेबारे प्रधानमन्त्रीसँग कुरा भएको छैन : अनिल झा

लोसपा सरकारमा जानेबारे प्रधानमन्त्रीसँग कुरा भएको छैन : अनिल झा

  • शुक्रवार, जेठ २७ २०७९

  • 370
    SHARES

  • लोसपा सरकारमा जानेबारे प्रधानमन्त्रीसँग कुरा भएको छैन : अनिल झा

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झाले सरकारमा जाने कुराबारे आफूलाई केहि जानकारी नभएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गदै उहाँले ज्ञापनपत्र बुझाउनु र सरकारमा सहभागी हुनु फरक कुरा भएकाले तत्काल सरकारमा जाने कुरामा आफू जानकार नभएको बताउनुभएको हो ।

    लोसपाले यहि २४ गते मंगलबार सरकारलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको थियो । नेता झाले भन्नुभयो, ‘प्रधानमन्त्री भएको एक वर्ष पुरा भइसक्दा पनि देउवाले हाम्रा माग एजेण्डा पुरा गर्छु भनेर अहिलेसम्म गर्नुभएन, त्यसैले फेरि हाम्रा माग मुद्दाहरु याद गराएका हौँ । किन र के कारणले पुरा भएनन्, भोलि चुनावमा गएर जनतालाई के जवाफ दिनुहुन्छ भनेर सोध्न बुझ्न याद दिलाउन भेटेका हौँ ।’

    प्रधानमन्त्रीलाई भेट्नै नमिल्ने त होइन होला ? भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले कांग्रेससँग मिलेर चुनावमा जानुपर्छ भन्ने कुरा प्रधानमन्त्रीसँग नगरेको नेता झाले दाबी गर्नुभयो ।

    काँग्रेस ठुलो र प्रधानमन्त्रीकै पार्टी भएकाले आफूहरुले भन्दा काँग्रेसले नै पार्टी तालमेलको कुरा गर्नुपर्नेमा उहाँको तर्क छ । अध्यक्ष ठाकुरले यस्ता तालमेलका कुरा स्वयम् पार्टीका नेतासँग नै नगर्ने भएकाले प्रधानमन्त्रीसँग झन् गर्दै नगरेको नेता झाले स्पष्ट पार्नुभयो ।


    शुक्रवार, जेठ २७ २०७९०७:२६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij