Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महानायक राजेश हमालले ५८ औँ जन्मोत्सव मनाउँदै

महानायक राजेश हमालले ५८ औँ जन्मोत्सव मनाउँदै

  • बिहिवार, जेठ २६ २०७९

  • 750
    SHARES

  • महानायक राजेश हमालले ५८ औँ जन्मोत्सव मनाउँदै

    काठमाडौं । महानायक राजेश हमालले आज जन्मोत्सव मनाउँदैछन् ।

    उनलाई सामाजिक सञ्जालमा फ्यान देखि दर्शकसम्मले शुभकामना दिइरहेका छन् । उमेरलाई अंकको रुपमा मात्र बुझ्न आग्रह गर्ने हमालको जन्म २०२१ साल जेठ २६ गते भएको हो ।

    आफूलाई सँधै युवा भन्न रुचाउने हमालले २०४६ सालमा अभिनेताको रुपमा डेब्यु गरे । त्यस अगाडि उनको पहिचान मोडलको रुपमा स्थापित थियो । उनले साइनोमा आफ्नै मामा पर्ने दीपक रायमाझीको फिल्म ‘युग देखि युगसम्म’ मार्फत २०४६ सालमा डेब्यु गरेका हुन् ।

    हमालले प्रेमिका मधु भट्टराईसँग विवाह गरेका छन् । २ सय भन्दा बढी चलचित्रमा अभिनय गरेका अभिनेता हमालले पछिल्लो समय भने टेलिभिजन, म्युजिक भिडियो, विज्ञापन र स्टेज शो मा व्यस्त छन् ।

    दुई दशक अगाडि अनुहार बिक्ने हिरोको रुपमा परिचित हमालले पछिल्लो समय फिल्म भने गरिरहेका छैनन् । उनले कमब्याक गर्ने भनिएको फिल्म ‘बागमती’ असफल रह्यो । त्यसपछि फिल्मबाट टाढिएका अभिनेता हमालले ‘सत्यम’ मार्फत कमब्याकको योजना बनाए ।

    फिल्म निर्माण वा निर्देशनको विधामा सक्रिय हुने भनिएका हमालले अझै त्यसलाई मूर्तरूप दिएका छैनन् । आधिकांश फिल्मकर्मीले उनले यो समयमा फिल्म निर्माण वा निर्देशनमा आएको हेर्न चाहेका छन् । यद्यपि त्यो अझै सम्भव देखिएको छैन ।


    बिहिवार, जेठ २६ २०७९०१:०८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij