Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले हाम्रो स्वतन्त्र निर्णय क्षमतामाथि प्रहार गर्नुभयो : जगन्नाथ खतिवडा

प्रधानमन्त्रीले हाम्रो स्वतन्त्र निर्णय क्षमतामाथि प्रहार गर्नुभयो : जगन्नाथ खतिवडा

  • बिहिवार, जेठ २६ २०७९

  • 871
    SHARES

  • प्रधानमन्त्रीले हाम्रो स्वतन्त्र निर्णय क्षमतामाथि प्रहार गर्नुभयो : जगन्नाथ खतिवडा

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले मन्त्री फेरबदलका लागि दिएका नयाँ नामहरु प्रधानमन्त्री शेरबहादुर देउवाले फिर्ता गरेर तत्काल रोक्नु गलत रहेको बताउनुभएको छ ।

    नेपाली रेडियोे नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले संसदीय मर्यादा र दलहरुको आफ्नो स्वतन्त्रताको कोण कतैबाट पनि यस्तो गर्न नमिल्ने भएकाले प्रधानमन्त्री देउवाको यो कदम सहि नभएको स्पष्ट पार्नुभयो ।

    पार्टीभीत्र तनाव सिर्जना गर्न प्रधानमन्त्री देउवाले किन यस्तो गरेको आफूले बुझ्न नसकेको पनि उपमहासचिव खतिवडाको भनाइ छ । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीभीत्रको विधि, छलफल र सहमतीले गरेको सिफारिसमा प्रधानमन्त्री देउवाले बाधा गरेपछि धेरै कुरा अफ्ठेरो पर्‍यो । गठबन्धनभीत्रका सबै दललाई मैले नै नियन्त्रण गर्नपर्छ भन्ने उहाँ (देउवा)को साचे राम्रो भएन । ’

    यस्तै उपमहासचिव खतिवडाले पार्टीको निर्णय नमान्ने मान्छे पार्टीको नै नहुने बताउँदै मनाउने तरिकाहरु धेरै भएकाले पार्टीले गरेका निर्णय र सिफारिस सहज स्विकार गर्नुपर्नेमा जोड दिनुभयो । एकपटक सहमती गरेर अगाडि बढाइसकेका नामहरुलाई फेरि हेरफेर गर्ने संभावना कम भएको उहाँको भनाइ छ ।

    ‘जुन बेला हामीले नामहरु निर्णय गरेर दियौँ त्यसकै भोलिपल्ट, नभ्याए पर्सीपल्ट प्रधानमन्त्रीले आफ्नो काम गर्नुपर्नेमा त्यो नगरेकोमा हामीलाई निकै ठुलो दुख छ र हाम्रो राजनितीक दलमाथि, हाम्रो काम गर्ने, हाम्रो स्वतन्त्र निर्णय क्षमतामाथि उहाँले प्रहार गर्नुभएकोछ र हामीलाई अफ्ठेरोमा पार्ने कोशिस गर्नुभएको छ, यो दुखदायि हो,' उहाँले भन्नुभयो ।


    बिहिवार, जेठ २६ २०७९०७:०६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij