Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सरकारका केही व्यक्ति मलबाट माल खोजिरहेका छन् : योगेश भट्टराई

सरकारका केही व्यक्ति मलबाट माल खोजिरहेका छन् : योगेश भट्टराई

  • बुधवार, जेठ २५ २०७९

  • 465
    SHARES

  • सरकारका केही व्यक्ति मलबाट माल खोजिरहेका छन् : योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकार मलमा अनियमितता गर्न खोजिरहेको आरोप लगाउनुभएको छ ।

    किसानले समयमा मल नपाउनुको कारण सरकारमा रहेका व्यक्तिहरू नै रहेको भट्टराईको भनाइ छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कृषि मन्त्रालयका लागि विनियोजित बजेटमाथि आफ्ना धारणा राख्दै सांसद भट्टराईले उक्त आरोप लगाउनुभएको हो ।

    मल खोज्न कृषिमन्त्री महिन्द्रराय यादव भारत भ्रमणमा रहेको अवस्थामा मल आउला त भन्ने पनि भट्टराईले प्रश्न गरे । ‘हामीले सुनिराख्या छौं मल खोज्न कृषिमन्त्री भारततिर जानुभएको छ, कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन ? मल ल्याएर आउनुहुन्छ कि आउनुहुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुने हो कि भन्ने आशंका पनि छ,’ उनले भने ।

    सरकारले नै मल ल्याउने नखोजेको भट्टराईको आशंका थियो । ‘मल आउँछ तर यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजिरहेको छ माल !,’ उनले भने, ‘जबसम्म माल आउँदैन मलमा, तबसम्म मल आउनेवाला छैन ।

    त्यसरकारण हामीले मल खोजकेो हो मालको पछाडि लाग्ने खोजेको होइन ।’


    बुधवार, जेठ २५ २०७९०१:५२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij