Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको कार्यपालिका निर्वाचन : कांग्रेसलाई बहुमत, माओवादी पनि भित्रियो

काठमाडौंको कार्यपालिका निर्वाचन : कांग्रेसलाई बहुमत, माओवादी पनि भित्रियो

  • मंगलवार, जेठ २४ २०७९

  • 2.0K
    SHARES

  • काठमाडौंको कार्यपालिका निर्वाचन : कांग्रेसलाई बहुमत, माओवादी पनि भित्रियो
    काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १-१ उम्मेदवाहरु निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो । 

    योसँगै ४२ सदस्यीय कार्यपालिकामा कांग्रेसले बहुमत हासिल गरेको छ । कांग्रेसबाट १९ जना निर्वाचित वडाध्यक्ष यसअघि नै कार्यपालिकामा आइसकेका छन् । एमालेबाट उपमेयरसहित १३ जनाले कार्यपालिकामा प्रतिनिधित्व गर्ने छन् । एकीकृत समाजवादीका एक निर्वाचित वडाध्यक्षसहित दुई र माओवादीका एक जना पनि कार्यपालिकामा आएका छन् ।

    मंगलबार भएको निर्वाचनमा महिला सदस्य पदमा कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी, नेकपा एकीकृत समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ । 

    यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट कांग्रेसका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादी केन्द्रकी अनिता कार्की ढोली निर्वाचित भएका छन् । माओवादीले एक जना पनि वडा सदस्य जितेको थिएन । तर दलित र अल्पसंख्यक कोटामा बाहिरबाट पनि कार्यपालिका सदस्य निर्वाचित गर्न सकिने व्यवस्था अनुरुप सत्ता गठबन्धनले माओवादीकी ढोलीलाई कार्यपालिका सदस्यको उम्मेदवार बनाएको थियो ।

    गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौं महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए ।

    प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।

    महानगरको कार्यपालिकामा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र थप ८ जना कार्यपालिका सदस्य छन् । निर्वाचित जनप्रतिनिधिलाई बुधबार दिउँसो १ बजे प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ ।


    मंगलवार, जेठ २४ २०७९०८:४६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij